काठमाडौँ – सिद्धार्थ क्यापिटलले १०औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक योजनाहरु ल्याएको छ ।
क्यापिटलले डिम्याट खाता निशुल्क खोल्नेदेखि लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्नेसम्मको योजना ल्याएको हो । सो योजना अन्तर्गत क्यापिटलले १० जना व्यक्तिहरुलाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गरिदिने छ ।
सिद्धार्थ एसआईपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका एक सय वटा इकाइहरू प्रदान गरिदिने छ । र, लगानी व्यवस्थापन सेवा प्राप्त गर्ने ग्राहकहरूलाई ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गरिदिने क्यापिटलले जनाएको छ । त्यस्तै, क्यापिटलले स्नाक्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी अनुसन्धान मुलक लेखन प्रतियोगिता पनि आयोजना गर्ने घोषणा गरेको छ ।
सो कार्यक्रम नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र सिद्धार्थ क्यापिटलका अध्यक्ष मोहित केडियाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले सिद्धार्थ क्यापिटललाई १० वर्षको सेवा पूरा गरेकोमा दिए । त्यस्तै, सिद्धार्थ क्यापिटलका अध्यक्ष केडियाले आगामी दिनमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा सिद्धार्थ क्यापिटलको १० वर्षको यात्रा प्रस्तुत गरिनुका साथै १०औं वार्षिकोत्सवको अवसरमा नयाँ स्मृति चिन्ह पनि विमोचन गरिएको थियो ।
आफ्नो व्यावसायिक यात्रा १० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रमभन्दा अघि कम्पनीले कर्मचारी संलग्नतामा विभिन्न कार्यक्रमहरू, वृक्षारोपण र रक्तदान लगायतका सामाजिक उत्तरदायीत्व सम्बन्धि गतिविधिहरू सञ्चालन गरेको थियो ।