काठमाण्डौ – तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
यता नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुरहरुले कला प्रदर्शनी पनि गरेका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएका कुकुरलाई पुरस्कृत समेत गरिएको छ ।
Facebook Comments Box