कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।
भीमदत्त नगरपालिका वडा नम्बर १८ फ्रि–लाईनस्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएका अन्दाजी २ लाख ५७ हजार मूल्य बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद गरिएका सामानमा मिठाई बनाउन प्रयोग हुने नरिवल पाउडर, बुरादा, सोना पापडी मिठाई लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीको लागी गड्डाचौकी भन्सार कार्यालयमा पठाइएको बताइएको छ।
Facebook Comments Box