काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् ।
सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए ।
जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी डिएसपी श्रीमलले बताए ।
बेसीसहरमा १० दिनसम्मको तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो ।
Facebook Comments Box