काठमाडौँ – सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।
शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा केही स्थानहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको र ती स्थानहरूमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको जनाइएको छ ।
गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल समेत गरेको छ ।
Facebook Comments Box