काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र (घोषणा पत्र) सार्वजनिक गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन्।
माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरेको छ। वि.सं. २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वाम गठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुईरदुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको माओवादीको निष्कर्ष छ।
माओवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारी गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकन्तवमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, सचिव साह र लीलामणि पोखरेल, नेत्री अमृता थापा, विज्ञका रूपमा मीनबहादुर श्रेष्ठ, हरि रोक्का, र पर्शुराम रम्तेललगायत सदस्य थिए।