काठमाडौँ: बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गएको छ । ज्यान जानेम १३ वर्षका आयुषमान दाहाल रहेका छन् ।
स्कुलबाट घर फर्किने क्रममा काठमाण्डौमा दुर्घटनामा परेका उनको उपचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।
प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box