काठमाडौं – आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा योजनाबारे ४ वटै सुरक्षा निकायका प्रमुखहरुले विभिन्न जिल्ला निरिक्षण भ्रमण गरेका छन् ।
बिहिबार (आज) मंसिर ४ गते हुने निर्वाचनको सुरक्षा योजनाबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले महोत्तरी जिल्ला, बर्दिबासस्थित श्री मध्य पूर्वी पृतना हे.क्वा., बारा जिल्ला, जितपुरस्थित श्री नं. २८ बाहिनी अड्डा तथा सर्लाही जिल्ला, धनकौलस्थित Company Operating Base (COB)को निरिक्षण भ्रमण गरेका हुन् ।
निरक्षण भ्रमणको क्रममा रक्षासचिव किरणराज शर्मा, गृहसचिव विनोदप्रकाश सिंहको पनि सहभागी रहेको थियो ।
Facebook Comments Box