काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर बृद्धिको बिरुद्धमा आन्दोलन गर्ने भएको छ ।
महासंघले आज शुक्रबार काठमाडौंको माइतिघरमा ब्याजदर वृद्धिको विरोधमा शान्तिपुर्ण विरोध प्रदर्शन गर्ने भएको छ ।आज बैंक तथा वित्तिय संस्थाहरुले ब्यवसायीहरुले धान्नै नसक्ने गरी ऋणको ब्याजदर वृद्धि गरेको भन्दा त्यसका बिरुद्धमा मौन आन्दोलनको आयोजना गरिएको महासंघले जनाएको छ ।
महासंघले शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म माईतीघरमा मौन विरोध कार्यक्रम गर्ने छ ।
Facebook Comments Box