काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि एवम् प्रदेश सभाको निर्वाचन खारेज गर्न माग गरेको छ ।
नेपालको अहिलेको अवस्था व्यक्ति नभई व्यवस्था नै चुन्नुपर्ने रहेको उल्लेख गर्दै पार्टीले भनेको छ, ‘व्यक्ति फेरेर व्यवस्था फेरिँदैन । व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु र चुन्नुपर्ने राज्यसत्ता हो । व्यक्ति मात्रै होइन ।’
विज्ञप्तिमा अहिलेको निर्वाचन दलाल पुँजीवादी रहेको यसको खारेजी अनिवार्य रहेको उल्लेख गरिएको छ ।
Facebook Comments Box