काठमाडौँ – संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपाले कात्तिक ३० गतेसम्मका चुनाव विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
राजनीतिक सभाको रूपमा काठमाडौंमा २४ गते, बुटवल र इटहरीमा २६ गते र पोखरामा २८ गते र सुर्खेत र धनगढीमा ३० गते कार्यक्रम राखेका छन् । यस्तै विरोध प्रदर्शन र कोणसभा कात्तिक २६ गतेदेखि २० गतेसम्म राखिएको छ । स्थानीय, जिल्ला र देशव्यापी रूपमा आ-आफ्नो अनुकूलतामा चुनाव विरोधी कार्यक्रम गर्न सक्ने कार्यतालिकामा उल्लेख छ ।