काठमाडौँ – आज नेप्से ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ ।
असोज २ गते यताकै सबैभन्दा धेरै कारोबार भएको छ । असोज २ गते एक अर्ब ६० करोड कारोबार भएको थियो भने आज एक अर्ब ५४ करोडको कारोबार भएको छ । नेप्से २.२५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेको छ ।
कूल २२८ वटा कम्पनीको ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै लघुवित्त समूह बढेको छ ।
आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको १० करोड १४ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, आइतबार ४ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी, आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ३.४८ प्रतिशतले बढेर २ सय ४७ रूपैयाँ पुगेको छ । यसरी सेयर बजार बढ्दा म्युचल फण्ड बाहेक सबै उप-समुहहरूमा हरियाली छाएको छ भने लगानीकर्ताहरु सबैभन्दा धेरै लघुवित्तको सेयरमा झुम्मिएका छन् । नेप्सेको अनुसार आज ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् । शनिबार जाल्पा लघुवित्तले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लघुवित्तहरुमा लगानीकर्ताको आकर्षण देखिएको जानकारहरु बताउँछन् ।