डोटी – डोटीमा भुकम्प जाँदा ६ जनाको मृत्यु भएको छ ।
बुधवार बिहान २:१३ बजेको समयमा भुकम्प जाँदा घर भत्किएर डोटिको पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँ निवासी एकै घरका ४ जना र अर्को घरको २ जना गरेर ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक दर्जनभन्दा बढी घाइते भएको स्थानीयले बताएका छन् ।
गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ ।
२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको छ भने पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।
गैरागाउँमा करिब १० घर भत्किएको र पराकम्प पनि गइरहेको हुनाले स्थानीय त्रसित छन् ।
Facebook Comments Box