काठमाडौं – केही दिन अघिदेखि निरन्तर भूकम्प गइरहेको सुदूरपश्चिम प्रदेशमा फेरि भूकम्प गएको छ ।
बझाङको पातादेवल केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको थियो । यसअघि डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए ।
Facebook Comments Box