काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा केही बेरमा मतगणना सुरु हुने भएको छ।
सर्वदलीय बैठकले दिउँसो २ बजेबाट मतगणना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ।
प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवा, काँग्रेस बिपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही उम्मेदवार छन्।
Facebook Comments Box