काठमाडौं – गत आइतबार देशैभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतरिणाम सार्वजनिक हुनेक्रम जारी छ ।
आज (आइतबार) बिहानसम्मको सार्वजनिक परिणाम अनुसार प्रतिनिधिसभातर्फ १६५ मध्ये १५६ सिटको परिणाम सार्वजनिक भएको छ ।
जसअनुसार कांग्रेस ५३, नेकपा (एमाले)४१, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, जनता समाजवादी पार्र्टी (जसपा) ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चा (राजमो) १ र स्वतन्त्र ५ सिटमा विजयी भएका छन् ।
दोलखा, स्याङ्जा २ र बाजुराको मत गणना हुन बाँकी छ ।
Facebook Comments Box