कैलाली- सुदूरपश्चिम प्रदेशमा बिहीबार एक जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९१३ नमूना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणबाट ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका व्यक्ति बिहीबार नै भारतबाट आएका निर्देशनालयले जनाएको छ। ती व्यक्ति गड्डाचौकी नाका भएर आएका हुन। अब प्रदेशभरि १३४ जना सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
Facebook Comments Box