कैलाली – कैलालीको गोदावरीमा कल्पवृक्ष रोपण गरिएको छ । जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियास्थित भरतपुर टोलको रामजानकी मन्दिर र गोदावरी मन्दिरमाथि डाँडामा रहेको गोरख धुनीमा कल्पवृक्ष रोपण गरिएको हो ।
रामजानकी मन्दिर परिसरमा वरिष्ठ पत्रकार पिआर चटौत र गोरख धुनीमा ब्राजिल बाबाले कल्पवृक्ष रोपण गर्नुभएको हो । “यो हिन्दू संस्कृतिको महान वृक्ष हो, यसको बिहानै दर्शन गर्ने वित्तिकै सकारात्मक ऊर्जा दिन्छ”, ब्राजिल बाबाले भन्नुभयो ।
वरिष्ठ पत्रकार चटौतले पत्रकार पुष्पराज जोशीको कल्पवृक्ष अभियानलाई सदैव साथ दिँदै हरित अभियान सञ्चालन गर्ने बताउनुभयो । यसअघि धनगढीको शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको थियो ।
Facebook Comments Box