काठमाण्डाै – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टीसुट आउटमा हराएर अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। त्यसअघि अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको हो।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि दुवै टोलीबाट थप गोल हुन सकेन। त्यसअघि नेदरल्यान्ड्सले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा धकेलेको थियो।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्नेछ।
प्रतियोगितामा मेस्सीको गोल संख्या ४ पुगेको छ। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा बाटिस्टुटाको १० गोलको कीर्तिमान पनि बराबरी गर्न सफल भए।