काठमाडौं – संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’, सचिव घिमिरेले भने ।
घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।
Facebook Comments Box