काठमाडौं – बालेन शाहले समयमै निर्वाचन खर्च नबुझाएकोमा तोकिएको जरिवाना मिनाहाका लागि निवेदन दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार साहले तोकिएको समय भित्र खर्च विवरण नबुझाएपछि आयोगले उनलाई साढे सात लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनको मेयर पद जानेछ।
बालेनले आफूले निर्वाचन खर्च फेसबुकमा सार्वजनिक गरिसकेको र काठमाडौं महानगरको फोहोरको समस्या समाधानमा केन्द्रित हुँदा खर्च विवरण बुझाउन नभ्याएको भन्दै जरिवाना मिनाहा गरिदिन निवेदन दिएका हुन्।
आयोगका एक पदाधिकारीले भने, ‘प्रचलित निर्वाचन कानुनबमोजिम जरिवाना मिनाहा गर्ने व्यवस्था छैन । तर, अब यसमा आयोगले निर्णय गर्ला ।’
Facebook Comments Box