काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ ।
सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो ।
मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको कारोबार भएको छ ।
यस्तै, नेपाल दुरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता सिभिल बैंकको ४ करोड भन्दा बढीको कारोबार भएको छ ।
आँधिखोला लघुवित्त वित्तिय संस्थाको र सृजनशील लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ वटा उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन र अन्य इन्डेक्समा २ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।
Facebook Comments Box