बैतडी – बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ ।
१५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा बनाउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो ।
मेलौली नगरपालिका क्षेत्रभित्र १५ शैय्याको अस्पताल निर्माणका लागि वडा नं १ बिट्ठेनी र वडा नं ७ काँडा गरी दुई ठाउँमा जमीन रहेको छ ।
वडा नं ७ मा पहिलादेखि नै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले सोही ठाउँमा अस्पताल बनाउनुपर्ने माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।
नगरपालिकामा अस्पतालकै बिषयलाई लिएर तालाबन्दी भएको जानकारी प्राप्त भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए ।
Facebook Comments Box