धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर–३ वडहरामा रिसोर्ट सञ्चालनमा आएको छ ।
उपमहानगरपालिका वडा नम्बर–३ वडहरामा भ्यू टावरसहित पीसल्यान्ड रिसोर्ट सञ्चालनमा आएको हो।
सेमिनारहल, लज, रेस्टुरेन्ट तथा शान्त वातावरणसहित रिसोर्टकाे भ्यू टावरमा चढेर पुरै धनगढीलाई नजिकबाट नियाल्न सकिने सञ्चालक कवीन्द्र ऐरले बताए।
रिसोर्टमा अहिलेसम्म ५ करोडबढी लगानी भइसकेकाे र थप ५ करोड लगानी गर्ने योजना रहेको उनले बताए।
Facebook Comments Box