बैतडी – बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)को टोली प्रहरी निरीक्षकको नेतृत्वमा बैतडी पुगेको छ। टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
सीआइबीको टोलीले बैतडी प्रहरीसंग मिलेर घटनाको संयुक्त रुपमा अनुसन्धान गरिरहेको र अनुसन्धानका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले श्रोतले जनाएको छ।
कृष्ण माविमा अध्यापन गराउँदै आएका सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए। शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका छ । सोहो कारण परिवारले अहिले सम्म शव बुझ्न मानेका छैनन् । शवको पोष्टमार्टम भने गरिसकिएको छ।
कृष्ण माविकै शिक्षकले आयोजना गरेको स्वागत भोजमा पुगेका शिक्षक बिष्ट अर्को दिन छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए।