काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले पहिलो पटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए । उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरू अहिले धेरै भइरहेको भन्दै यी कार्यहरूलाई आफूले राजनीतिक जन्मको सुरुवातको रूपमा लिएको बताए ।
महामन्त्री शर्माले शपथ लिँदा गौरव गरे जति नै गम्भीरता पनि लिएको बताए ।
Facebook Comments Box