काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेका छन् । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको छ । लामिछानेले बैठक प्रवेश गर्नुअघि मन्त्रालयको टुङ्गो नलागे पनि सरकारमा जाने टुङ्गो लागिसकेको बताएका थिए ।
Facebook Comments Box