काठमाडौँ – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
सोमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
शपथ ग्रहण पछि आयोजित पहिलो मन्त्रिपरिषद् बैठक सकिए लगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पदभारका लागि मन्त्रालयमा आइपुगेका थिए ।
मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए ।
‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए/सकिए भनेर बुझ्दा हुन्छ’ मन्त्री श्रेष्ठले भने ।
Facebook Comments Box