काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा०ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुनेछ ।
यस्तै १२ बजेदेखि दिउँसो १२: ३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्म दाबी विरोध गर्ने र दिउँसो २ बजेदेखि २:३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि २:३० बजेदेखि ३:३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् । यद्यपि संसदीय दलको नेता को चयन हुन्छ टुङ्गो नभएको नेताहरुले बताएका छन् ।