काठमाडौँ – सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा १५७ (२) बमोजिम राष्ट्रपति भण्डारीले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
Facebook Comments Box