काठमाडौं-संयुक्त राष्ट्र सङ्घले सुडानमा भइरहेको हिंसा अन्त्यका लागि आह्वान गरेको छ । सुडानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले केही दिनदेखि डार्फरमा भइरहेको हिंसाको तत्कालै अन्त्य हुनुपर्नेमा जोड दिँदै हिंसा अन्त्यका लागि आह्वान गरेको हो ।
हिंसाका कारण धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्र सङ्घले जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
मिसनले सुडानका सबै दलहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो। यसअघि गएको हप्ता पनि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हिंसा अन्त्य गरेर संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामार्फत शान्ति स्थापना गर्न चाहेको बताएका थिए। एजेन्सी
Facebook Comments Box