कैलाली- सुदूरपश्चिम प्रदेशमा सोमवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९४१ नमुना परीक्षण गरिएकोमा थप पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
निर्देशनालयका अनुसार एन्टिजेन विधिबाट ८८५ नमुना परीक्षण गर्दा शुन्य र पिसिआर विधिबाट ५६ नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो।यस्तै २४ घण्टामा दुईजना संक्रमित निको भई डिस्चार्ज भएको छ।
Facebook Comments Box