काठमाण्डौ – यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाण्डौ महानगरपालिकामा गर्ने निर्णय भएको छ ।
गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा हिजो गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको हो । यसपटक दिवस मूल समारोह समितिको सभापति काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।
यसैगरी सङ्घ, प्रदेश, जिल्ला प्रशासन कार्यालय, सबै पालिकालाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय भएको छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
Facebook Comments Box