काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । मङ्गलवार भएको भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले माघ २४ गतेका लागि उपनिर्वाचनको मिति प्रस्ताव गरेको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता भएको हो । यस्तै उपाध्यक्ष पद पनि लामो समयदेखि रिक्त रहेको छ।
यस्तै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने लगायत राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकका विषयमा पनि छलफल भएको बताइएको छ।
Facebook Comments Box