कञ्चनपुर- नेकपा माओवादी केन्द्र कञ्चनपुरको दोधारा-चाँदनी नगरमा उत्पन्न विवाद समाधानका लागि स्थानीय नेताहरुले माग गरेका छन्। सोमबार कैलालीको धनगढीमा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी, केन्द्रीय सदस्य बिना मगर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्ल सहितका नेताहरुलाई निवेदन दिएको हुन्।
दोधारा-चाँदनी नगरमा भीम कुमाल र भक्त सुनार नेतृत्वमा दुई कमिटि रहेका छन। भीम कुमाल नेतृत्वको दोधारा चाँदनी माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुले प्रदेश अध्यक्ष चौधरी, केन्द्रीय सदस्य मगर सहितका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मल्ललाई निवेदन दिएको छ।
नेकपा माओवादी केन्द्र दोधाराचाँदनीका अध्यक्ष भीम कुमालले नगरमा देखिएका पार्टी विवाद समाधानका लागि नेताहरुलाई पत्र बुझाएको बताए।
Facebook Comments Box