काठमाडौँ – जिल्ला प्रहरी कार्यालय मोरङले करिब २८ लाख मूल्य बराबरका सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । भन्सार छली गरी विभिन्न नाकाबाट चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरी बुझाइएको हो ।
विगत एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयसमेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली, चोरी, पैठारी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, मोटर पार्ट्स, ग्यास चुलोको बर्नरलगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको चौपायासमेत गरी भन्सारमा बुझाइएको जनाइएको छ ।
प्रहरीका अनुसार अन्दाजी मूल्य २७ लाख ९२ हजार ६८३ रुपैयाँ बराबरको सामान तथा चौपाया बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टिकाबहादुर कार्कीले जानकारी दिए ।
Facebook Comments Box