काठमाडौँ – पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्यमा पनि २० रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको हो ।
Facebook Comments Box