काठमाडौँ – काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले ठुलो संख्यामा फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । काठमाडौँ जिल्लाबाट शुक्रवार ३२ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए ।
पक्राउ पर्नेमा किर्ते मुद्दा, जुवा, सरकारी छाप दस्तखत किर्ते, नकवजनी चोरी, लागुऔषध र वैदेशिक रोजगार ठगी लगायत मुद्दाका फरार छन् । फरार अभियुक्तहरूलाई पक्रेर प्रहरीले अदालतमा पेस गरेको छ ।
अदालतले पक्राउ परेकाहरूलाई ११ महिना २८ दिन कैद राख्न र ३ लाख ३० हजार जरिवाना असुल गर्न आदेश गरेको छ ।
Facebook Comments Box