उदयपुर-जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। भूकम्प प्रतिरोधात्मक तीनतले सो भवनको सोमबार प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले शुभारम्भ गरे।
रु ११ करोड ४२ लाख बजेटमा भवन बनेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। अब नयाँ भवन बनेसँगै दुःख, कष्ट र व्यवधान सहेर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हटेको छ।
प्रहरी प्रमुख सुवास बोहराले नयाँ भवनबाट सेवा प्रवाहमा थप प्रभावकारीता आउने जानकारी दिए।
Facebook Comments Box