काठमाडौं – आज साताको तेस्रो दिन मंगलबार छापावाल सुनको मूल्य १८०० रुपैँयाले घटेको छ ।
हिजो सोमबार १ लाख २ हजार ३०० रुपैँयामा कायम भएको सुनको मूल्य आज घटेर १ लाख ५०० रुपैयाँ पुगेको छ ।
चाँदी मूल्य तोलाको २३२ रुपैँयाले घटेर ११ सय ८३ रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
Facebook Comments Box