कैलाली-धनगढीमा सुदूरपश्चिम महोत्सव सञ्चालन गरिने भएको छ। चैत्र १० गते देखि २० गते सम्म ‘सुदूरपश्चिम महोत्सव २०७८’ सञ्चालन गर्न लागिएको हो।
कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस वर्ष भने दोस्रो पटक सञ्चालनका लागि तयारी थालिएको छ।यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति बाट गुजिरहेको उद्योग व्यवसायलाई आसावादी बनाई पुर्नस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने आयोजकले दावी गरेको छ।
धनगढी उपमहानगरपालिका- १ चौधरी बुक डिपो अगाडी पशुपतीटोलमा आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी सो बारे आयोजकले जानकारी दिएको हो।
महोत्सवमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
महोत्सवमा १ करोड बढीको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ।