बैतडी – बैतडी घरभएका वरिष्ठ लोक डेउडा गायक महेश कुमार औजी सम्मानित भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका बिजुल घरभएका गायक औजी रारा म्युजिक अवार्ड २०७९ बाट सम्मानीत भएका हुन् ।
कर्णाली कलाकार समाज द्वारा आयोजीत अवार्ड वितरण कार्यक्रममा उनलाई गीत संगीतमा सर्वोत्कृष्ट कलाकारका रुपमा सम्मानीत गरिएको हो । यहि पौष २६ गते राष्ट्रिय सभागृह काठमाण्डौँमा राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा उनलाई सम्मानीत गरिएको हो ।
गायक औजीले सुदूरपश्चिमेली भाषाका ५ सय बढी गीतमा स्वर दिनुका साथै १ सय बढी गीत श्रृजना गरेकाछन् । अनिता एइबिराना देश मत, कलेजी कटौन्या माया लगायतका थुप्रै चर्चित देउडा गीत गाएर आफनो पहिचान बनाएका औजी दर्शक स्रोताको मन मुटुमा बस्न सफल छन् ।
गायक औजीले सोर दिएका गीतहरु सबैले मन पराउँछन् । गायक औजीले आफु राष्ट्रीय अवार्डबाट सम्मानित हुँदा अत्यन्तै खुसि लागेको बताएका छन् ।