काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा नजाने भएका छन् ।
यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थानमा अनुगमन र ङटनाको जानकारी लिन पोखरा जाने तयारी गरेका उनलाई सुरक्षा निकायले भीआईपी जाँदा थप सुरक्षा जटिलता थपिने भएकाले सुझावको आधारमा पोखरा जाने कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा स्थगित भएको हो ।
Facebook Comments Box