काठमाडौं – पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूप्रति शोक मनाउन सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए। आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ। दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको छ।’
Facebook Comments Box