काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, न्युक्यासल र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हरायो ।
चेल्सीको जितमा काइ हाभर्ट्जले खेलको ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै १९ खेलमा २८ अङ्क जोडेको चेल्सी तालिकाको १०औं स्थानमा छ । क्रिस्टल प्यालेस २२ अङ्क जोडेर १२औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासलले फुलह्यामलाई १–० गोल अन्तरले हराएको छ ।
जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको न्युक्यासलले ३८ अङ्क जोडेको छ । यस्तै रातिकै अर्को खेलमा टोटनह्याम आर्सनलसँग २–० गोल अन्तरले पराजित भएको छ । जितपछि शीर्ष स्थानको आर्सनलले ४७ अङ्क जोडेको छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३९ अङ्क छ ।
Facebook Comments Box