धनगढीः पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टका श्रीमती र छोरा परेपछि बजार बन्द गरिने भएको छ। उद्योग वाणिज्य संघ कञ्चनपुरले सोमवार बजार बन्द गर्ने भएको हो।
जहाज दुर्घटनामा व्यवसायी भट्टका श्रीमती सुष्मा र छोरा स्लकको निधनले शोकमग्न संघले उद्योग, व्यवसाय बन्द गर्ने भएको हो। सोमवार दिउँसो १२ बजेसम्म सम्पूर्ण उद्योग, व्यवसाय र बजार बन्द गरिने बताइएको छ।
Facebook Comments Box