महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशकाे उपसभामुखमा नेकपा एमालेले काेइली चाैधरीलाई उम्मेदवार बनाउने भएको छ। भागवण्डाअनुसार भएको सहमतिमा नागरिक उन्मुक्ति पार्टीले उपसभामुख नलिने निर्णय गरेपछि एमालेले उपसभामुखकाे उम्मेदवार उठाउने भएको हो।
सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख दिने प्रस्ताव गरेको थियो। तर, सो पार्टीले रेशम चाैधरीकाे रिहाइ लगायतका मुद्दा सम्बाेधन नभएसम्म कुनै लाभकाे पद नलिने अडान लिएको छ।
उन्मुक्तिले उपसभामुख नलिने भनेपछि गठबन्धनभित्र एमालेलाई उपसभामुख पद दिने सहमति बनेकाे एक नेताले जानकारी दिए।
साेहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य काेईली चाैधरीलाई उपसभामुखकाे उम्मेदवार बनाउने भएकाे हाे। उनी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन्।
यस्तै प्रदेशसभा सचिवालयकाअनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखकाे निर्वाचन गर्ने तयारी अघि बढाएका छन्। उपसभामुख नलिएकाे उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने भएकाे छ। आज साझ ६ बजे निर्वाचन गर्ने सभामुखको तयारी छ।