धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एमालेकी कोइलीदेवी चौधरीले उम्मेदवारी दिएकी छन्।
एमालेका प्रदेशसभा सदस्य सुरेन्द्र पालको प्रस्ताव र माओवादीकी लक्ष्मी बिकको समर्थनमा चौधरीले मनोनयन दर्ता गरेकी हुन्। चौधरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ।
चौधरीविरुद्ध कांग्रेसको समर्थनमा नेकपा एकीकृत समाजवादीकी माया पन्तले उम्मेदवारी दिएकी छन्। उपसभामुख चयनका लागि साँझ ६ बजे मतदान गर्ने कार्यसूची छ।
Facebook Comments Box