काठमाडौँ – राप्रपा नेपालको केन्द्रीय कार्यालय सरेको छ।
पार्टी कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ५ हाडिगाँउ, ढुंगेधारा नजिक सरेको हो।
बुधबार पार्टी अध्यक्ष कमल थापाद्वारा झण्डोत्तोलनसहित पार्टीका पदाधिकारी सदस्यहरू तथा जन वर्गीय सङ्गठनका नेताहरूको उपस्थितिमा पूजाआजा गरी गृह प्रवेश गरेका छन्।
पार्टीलाई व्यवस्थित र चुस्त रूपमा सञ्चालन गर्ने क्रममा नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भास्कर भद्राले बताए ।
विशालनगरमा रहेको पार्टी कार्यालय भवन सानो भएको र पार्किङको समस्या भएकोले नयाँ ठाउँमा सारिएको हो।
Facebook Comments Box