काठमाडौं – पछिल्लो ६ महिनामा १७ अर्ब ३० करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म उक्त विदेशी लगानी प्रस्ताव आएको हो ।
गत वर्ष यस्तो प्रस्ताव ३० अर्ब ५६ करोड रुपैयाँ प्रस्ताव आएको थियो।
विभागका अनुसार विदेशी लगानी स्वीकृति गर्दा सात हजार ८४१ जनालाई रोजगारी प्रस्तावित गरिएको छ । पछिल्लो ६ महिनामा विदेशी लगानी गर्न ठूला साना १३१ उद्योगमा प्रस्ताव आएको हो ।
ठूला उद्योगमा दुईवटा प्रस्ताव आएको छ भने मझौला उद्योगमा १९ वटा प्रस्ताव र साना उद्योगमा ११० वटा प्रस्ताव आएको विभागले जनाएको छ ।
विभागका अनुसार स्वदेशी र विदेशी गरी ६ महिनाको अवधिमा १४५ उद्योगमा एक खर्ब ३९ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
तर, गत वर्षको सोही अवधिमा १५५ उद्योगका लागि एक खर्ब ९० अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।
Facebook Comments Box